काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्दैछ ।

दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको स्वीकृत कार्यतालिकामा उल्लेख छ । पुस १६ गते हुने चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना गरिने छ ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिँदै छ । राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ ११ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय