काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै आयोगले राष्ट्रियसभा निर्वाचनमा भाग लिने ै राजनीतिक दललाई दर्ता आह्वान गरेको हो । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आयोगले मंसिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ताको समय तोकेको छ ।

आगामी पुस १ गते दलहरूलाई चुनाव चिह्न प्रदान गरिने आयोगको सूचनामा उल्लेख छ । यस्तै पुस ४ गते दर्ता भएका दलहरूको अन्तिम नामावली प्रकाशित गर्ने र पुस १६ गते निर्वाचनका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना गरिने आयोगले जनाएको छ ।

आगामी फागुन २० गते नेकपा एमालेका ९, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । २०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोलाप्रथामा ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो । राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय