महोत्तरी- महोत्तरीको बर्दिबास नगरपालिका–१३ बिजलपुरामा रासायनिक मल वितरण केन्द्रमा किसानको ठूलो भीड लागेको छ। धानबालीमा मल हाल्ने उपयुक्त समयमा मलको अभाव भएपछि किसान बिहानैदेखि लाइनमा बस्न बाध्य भएका हुन्।

समयमै मल नपाए उत्पादनमा असर पर्ने चिन्ताले किसानहरू वितरण केन्द्रमा भिडिएका छन्। पर्याप्त मल उपलब्ध नहुँदा सबै किसानले सहज रूपमा मल पाउन नसकेको गुनासो गरेका छन्।
किसानहरूले खेतीपातीको मुख्य समयमा रासायनिक मलको आपूर्ति नियमित गर्न सरकारसँग माग गरेका छन्। समयमै मल उपलब्ध गराउन नसके कृषि उत्पादनमा प्रत्यक्ष असर पर्ने भन्दै उनीहरूले मल आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय