कुनै समय नेपालभरमानै काभ्रे जिल्ला सबैभन्दा बढि रासायनिक मल खपत गर्ने जिल्ला थियो । २०७७ मंसिर १ वाट जब कोटा सिष्टम लागु भयो त्यसपछि काभ्रेमा माग अनुसार कहिल्यै रासायनिक मल आएन । जव खेतीमा हाल्ने बेला हुन्छ जहिल्यै किसानले मल नपाएको गुनासो आउँछ । काभ्रेमा मात्र २५ हजार ९ सय ९८ मेट्रीक टन माग भएपनि अहिले ६ हजार २ सय २१ मेट्रीक टन मात्र मल आएको छ ।

पहाडी भेगमा मकै खेती र धान रोप्ने चटारोमा कृषक छन् । तर मलको आधिकारिक बिक्रेता कृषि सामाग्री कम्पनी लिमिटेडको धुलिखेलमा रहेको गोदाममा युरिया मलको मौजात शुन्य छ । कृषकको माग अनुसाको मल उपलब्ध गराउनको लागि राज्यले आवश्यक मात्रामा समयमा अनुदान उपलब्ध नगराउँदा विगत बर्षहरुबाटै प्रमुख खेतीको समयमा रासायनिक मलको अभाव भइरहेको छ ।

काभ्रे लगायत सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाको लागि मल उपलब्ध गराउँदै आएको कृषि सामाग्री कम्पनीको गोदाम खाली अवस्थामा रहेको छ । कृषि सामाग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख योगेन्द्र पराजुलीले माग अनुसारको कोटा नछुट्टिएको कारण काभ्रेमा समस्या आएको बताए । मुख्यत धान मकै र गहुँबालीको लागि भनेर कोटामार्फत मल दिएपनि अन्य सिजनमा मल उपलब्ध नगराउँदा समस्या भएको पराजुलीको भनाई छ ।

काभ्रेमा धान, मकै र गहँु मात्र हुँदैन, कुनै ठाउँमा ४ बाली सम्म खेति हुन्छ, आलु र तरकारी सकेत बढी फलाउने ठाउँमा मलको कोटा अनुसार नआउँदा समस्या भएको उनको भनाई छ ।

कार्यालय प्रमुख पराजुलीका अनुसार काभ्रेमा कोटा प्रणली लागू नहुने बेलामा १९ हजार मेट्रिक टन सम्म खपत हुन्थ्यो । तर अहिले मुस्किलले ५-६ हजार मेट्रिक टन मात्र काभ्रेको गोदाममा आईपुग्छ । अहिले धूलिखेलमा रहेको गोदाममा मल शून्य छ । मौज्जात नभएका कारण जुन दिन गाडीमा मल आउँछ त्यहि दिन कषकलाई बोलाएर गाडी बाट गाडीमै लोड गरेर पठाउने गरेको जानकारी दिए । कृषि सामाग्री कम्पनी लिमिटेडमा गत विहिबार ६ सय र शुक्रबार ६ सय बोरायुरिया मल आएकोमा आएकै दिन सकिएको छ । मागको चाँङ छ तर गोदाम खाली छ ।

काभे्रको पाँचखाल, मण्डन, पनौती, धुलिखेल, बनेपा, नमोबुद्ध लगायत डाँडापारी, रोशीपारी, कोशिपारी र तिमालमा मलको अधिक माग छ ।

त्यस्तै सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बु, चौतारा साँगाचोक, इन्द्रवती, सुनकोशी, रामेछापको मन्थली, सुनापति, दोरम्बा तथा दोलखाको भिमेश्वर नपा, तामाकोशी, वैतेश्वर, शैलुङ लगायतका क्षेत्रमा मलको माग उच्च छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय