काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासीका जिल्ला सभापति महेन्द्र सेन ठकुरी नेपाली कांग्रेस प्रवेश गरेका छन । रास्वपाका जिल्ला सभापति ठकुरी पार्टीभित्रको आन्तरिक असन्तुष्टिका बीच नेपाली कांग्रेसमा प्रवेश गरेका छन । प्रतिनिधि सभा क्षेत्र नं. १ को क्षेत्रीय कार्यक्रममा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको हातबाट टीका लगाएर उनले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन ।
रास्वपाबाट बिक्रम खनालले टिकट पाएपछि सेन असन्तुष्ट बनेका थिए । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका सेनले १२ हजारभन्दा बढी मत प्राप्त गरेका थिए । खनाल लुम्बिनी प्रदेश कांग्रेस महामन्त्री त्यागेर रास्वपाको उम्मेदवार बनेका हुन् । उनको कांग्रेस प्रवेशसँगै जिल्लाको राजनीतिक समीकरणमा नयाँ बहस सुरु भएको छ ।






