राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका पूर्वसभापति भरत पराजुली नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा टीका, माला र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्। पराजुली लामो समयदेखि रास्वपामा सक्रिय रहँदै आएका थिए। पछिल्लो राजनीतिक परिस्थितिका बीच उनले कांग्रेस रोजेको बताइएको छ। पार्टी प्रवेश कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहेको थियो।

यसैगरी रास्वपाका मकवानपुर क्षेत्र नम्बर–२ का चुनावी संयोजक निराजन बर्तौला पनि कांग्रेसमा फर्किएका छन्। उनी यसअघि कांग्रेसमै आबद्ध रहेकामा पछि रास्वपामा सक्रिय भएका थिए।नवप्रवेशी नेताहरूलाई स्वागत गर्दै सभापति थापाले लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ गर्न सबै लोकतन्त्र पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए। उनले कांग्रेसलाई सुदृढ र जनमुखी बनाउने अभियानमा नयाँ साथ र सहयोगको अपेक्षा गरिएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय