काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र केन्द्रीय सदस्यबाट निष्कासित भएका डा. मुकुल ढकाल सर्वोच्च अदालत पुग्नुभएको छ । ढकाल निर्वाचन आयोगमा आफू महामन्त्रीको रुपमा रहेको अभिलेखलाई यथावत राख्नुपर्ने भन्दै महामन्त्रीको रुपमा पार्टीमा काम गर्न पाउनुपर्ने माग गर्नुभएको छ ।
ढकालले आफूले दुईवटा माग राख्दै अदालत पुगेको बताउनु भयो । उहाँले निर्वाचन आयोगको अभिलेखमा आधिकारिक रुपमा अझै आफु नै रास्वपाको महामन्त्री र प्रवक्ता भएकाले त्यसलाई यथावत् राख्दै महामन्त्रीको हैसियतमा काम गर्न पाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले महामन्त्रीमा नियुक्त कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा लगायतलाई विपक्षी बनाई अदालतमा मुद्दा दायर गर्नुभएको छ ।



निर्वाचन आयोगले गतसाता ढकालका नाममा एक पत्र पठाइ उनी नै रास्वपाका महामन्त्री रहेको विवरण उपलब्ध गराएको थियो ।



