काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय र केन्द्रीय समितिको बैठक डाकेको छ । सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेपछि पार्टीको आगामी रणनीतिका विषयमा बैठक डाकेको हो ।

पार्टी सभापति रवी लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चले दिएपछि रास्वपाले केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठकले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक डाक्ने निर्णय गरेको थियो । सचिवालयको भर्चुअल बैठक दिउँसो ३ बजे र केन्द्रीय समितिको बैठक दिउँसो ४ बजे बस्नेछ ।

साथै आइतबार दिउँसो २ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय