काठमाडौं । पार्टी सभापति लामिछानेलाई सर्वोच्च अदालतले थुनामा राख्न आदेश दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा संसदीय दलको नेता फेर्ने विषयमा छलफल हुन थालेको छ ।
नेता यज्ञमणि न्यौपानेले पार्टीका कार्यवाहक सभापति डिपी अर्याल र उपसभापति स्वर्णिम वाग्लेलाई सुझाव पत्र पठाउँदै मुख्य पदहरू रिक्त हुँदा पार्टीलाई अगाडि बढाउन नसकिने हुँदा तत्काल संसदीय दलको नेता फेर्न सुझाव दिनुभएको हो । न्यौपानेले पार्टीमा रिक्त रहेको महामन्त्री, सहमहामन्त्रीका साथै केन्द्रीय सदस्य पदहरू महाधिवेशनसम्मका लागि पद पूर्ति गर्न माग गरेका हुन् ।



स्वतन्त्र कानुन व्यवसायी संघका अध्यक्षसमेत रहनुभएका न्यौपानेले पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको लागि जनमत संग्रहको माग राख्नुपर्ने पनि बताउनु भयो ।



