काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजबाट अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ ।

दुई दिने अभिमुखीकरण कार्यक्रममा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारेमा जानकारी गराइने छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा १८२ सिट हासिल गरेको छ ।

रास्वपाले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन ६ बुँदे निर्देशन जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय