काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रागिरि नगर सभापतिमा जनार्दन केसी निर्वाचित भएका छन् । पार्टीको आज भएको प्रथम नगर अधिवेशनबाट केसी सभापतिमा निर्वाचित भएका हुन् ।
केसीले २०६ मतमा १५२ मत प्राप्त गर्दा उहाँका निकटम प्रतिस्पर्धी मधुकर बस्नेतले ५४ मत प्राप्त गरेका छन् ।

यसैगरी उपसभापतिमा करुणा श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छिन् । अधिबेशनबाट १५ सदस्यीय नगर समिति चयन भएको छ ।

नवनिर्वाचित केसी यसअघि पनि रास्वपा चन्द्रागिरिका नगर सभापति थिए भने बस्नेत सचिव पदमा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय