वीरगन्ज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा सहकारी रकम अपचलनको मुद्दा दर्ता भएको छ। वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनामा संलग्न भएको आरोपमा उनीसहित २९ जनाविरुद्ध आइतबार मुद्दा दर्ता गरिएको हो।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा चलाइएको अदालत स्रोतले जनाएको छ। प्रहरीले यस प्रकरणको अनुसन्धान सकेर करिब एक महिनाअघि नै सरकारी वकिल कार्यालय पर्सामा प्रतिवेदन बुझाएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय