काठमाडौं । स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले थुनछेक बहसपछि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश जारी गरेको अदालत स्रोतले जानकारी दिएको हो । लामिछानेमाथि सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोप छ । उहाँलाई गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो ।

यसअघि, कास्की अदालतले पनि उहाँलाई ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय