राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेल ११ मा रहेको दुषित थानी हिमालयन रिसार्टमा आएका छन् ।

श्रोतका अनुसार शनिवार दिउँसो ३ बजे अर्थमन्त्री वाग्ले रिसार्ट प्रवेश गरेका थिए भने त्यसको केहि समय पछि पत्नि निकिता पौडेल सहित लामिछाने दिउँसो ३ २०मा दुषित थानी पुगेका थिए । उनीहरु उपसभापति एवं अर्थमन्त्री बाग्लेकै लगानी रहेको आफ्नै भिल्लामा बसिरहेका छन् ।

पछिल्लो समय सरकार र पार्टीको तालमेलको विषयमा चर्चा शुरु भएपछि पार्टी सभापति लामिछाने र उपसभापति एवं अर्थमन्त्री वाग्लेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गरी केही मन्त्रीहरूलाई हटाउने चर्चा चलिरहेका बेला रास्वपाका दुई शीर्ष नेताहरू गोप्य छलफलमा जुटेपछि राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी र तरंग पैदा भएको छ भने यस भेटघाटले वर्तमान सत्ता गठबन्धनभित्रको शक्ति सन्तुलन र रास्वपाको आगामी कदमलाई लिएर चौतर्फी चासो बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय