काठमाडौं । सहकारी ठगीको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रिहा हुने भएका छन् ।
उच्च अदालत बुटवल इजलासको आदेश अनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी आज लामिछाने रिहा हुने भएका हुन् । लामिछाने आफैं रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएका कारण बिहीबार रिहा हुन सकेका थिएनन् । उच्च अदालत बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बिहीबार लामिछानेलाई ३ वटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो ।



आदेशको अन्तिम बुँदामा बिगोको हकमा दायित्व सिर्जना भए तिर्न–बुझाउन मन्जुर हुने कागज गराउनुपर्ने उल्लेख गरिएको छ । अदालतको आदेश बमोजिम सम्पूर्ण प्रक्रिया पूरा भएपछि मात्र लामिछानेलाई थुनामुक्त गरिने कारागार व्यवस्थापन विभागले जनाएको छ ।



