काठमाडौं — परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई सोमबार दिउँसो काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाबाट पक्राउ गरेको हो।
सीआईबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार भट्टराईलाई राहदानी ऐनअन्तर्गतको कसुरमा पक्राउ गरिएको हो। प्रहरीका अनुसार २०६८ सालमा भएको घटनामा राहदानी ऐनअन्तर्गत कसुर गरेको भेटिएपछि उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।



प्रहरीले भट्टराईविरुद्ध २०८२ चैतमा मुद्दा दर्ता भएको जनाएको छ। पक्राउ परेका भट्टराईलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा बुझाउने तयारी भइरहेको सीआईबीले जनाएको छ।भट्टराई परराष्ट्र मन्त्रालयका सहसचिवका रूपमा कार्यरत थिए। उनलाई पक्राउ गरिएपछि मन्त्रालयको उच्च तहका कर्मचारीमाथि भएको यो कारबाहीले प्रशासनिक वृत्तमा चासो बढाएको छ। प्रहरीले घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।



