राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। सोमबार बसेको सचिवालय बैठकले सभापति रवि लामिछानेको सिफारिसमा अर्याललाई यो जिम्मेवारी तोकेको हो।
सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत चारवटा मुद्दा दर्ता भएपछि उनी कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन्। लामिछाने हिरासतमा रहँदा रास्वपाले औपचारिक रूपमा कार्यवाहक सभापति तोकेको थिएन। तर पार्टीका केन्द्रीय समिति बैठकहरू उपसभापति अर्यालकै अध्यक्षतामा हुँदै आएका थिए।



यो निर्णयसँगै अर्यालले पार्टी सञ्चालनका नियमित कार्यभार सम्हाल्नेछन्, जबसम्म सभापति लामिछानेको कानुनी स्थिति स्पष्ट हुँदैन।



