रुकुमपूर्व – हिमाली जिल्ला रुकुमपूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडकखण्ड अवरुद्ध भएको छ। गएराति परेको बाक्लो हिमपातका कारण रुकुमपूर्व र बागलुङको सीमा क्षेत्रमा सडकमा हिउँ जम्दा लामो दूरी भएर यात्रा गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुकुमपूर्वका प्रमुख राम औंतार चौधरीका अनुसार, सडकभरि हिउँ जम्दा सवारी साधनहरूको आवागमनमा समस्या भएको छ। बिहान केही सवारी साधन गन्तव्यतर्फ जान खोजे पनि निरन्तर हिमपात भइरहेकाले अहिले सबै सवारी रोकिएका छन्। बर्सेनि यो सडकखण्डमा हिमपातका कारण यातायात प्रभावित हुने गरेको छ। हरेक वर्षको जाडो मौसममा भारी हिमपातका कारण सडक बन्द हुँदा यात्रु तथा सवारी साधनलाई समस्या हुने गरेको स्थानीयहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय