रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेमा यात्रुबाहक बोलेरो जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। रा १ ज ४२२ नम्बरको बोलेरो जिप आठबिसकोट नगरपालिकाबाट बाँफिकोटतर्फ जाँदै गर्दा सडकबाट तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु हुने मध्ये ६ जनाको पहिचान खुलिसकेको छ।
मृत्यु हुनेहरूमा —



कमला ओली (३० वर्ष), आठबिसकोट–२ स्याला
टेकजंग बुढा (१६ वर्ष)
दिलमाया बुढा (१५ वर्ष)
मनिका ओली (१७ वर्ष)
शर्मिला वि.क. (१८ वर्ष)
गोपाल ओली (२२ वर्ष)
र एकजनाको परिचय खुल्न बाँकी छ। प्रहरी निरीक्षक विष्णुप्रसाद ओलीका अनुसार दुर्घटनामा घाइते भएका १० जनालाई जिल्ला अस्पताल सल्ले लगिएको छ। सडक साँघुरो र भीत्री भागमा जोखिमपूर्ण भएकाले दुर्घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



