काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नक्खु कारागार लगिएको छ । रूपन्देहीबाट काठमाडौँ विमानस्थल हुँदै नख्खु कारागार पुर्याइएको हो ।
लामिछानेका समर्थक र नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जम्माभएपछि उहाँहरुलाई झुक्याउँदै आयल निगम हुँदै नक्खु कारागार लगिएको थियो ।



रूपन्देही कारागारमा रहनुभएका लामिछानेलाई जेल सरुवा गरेर अपराह्न ५ बजे काठमाडौँ ल्याइएको हो । बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ गतेदेखि रूपन्देही कारागारमा हुनुहुन्थ्यो ।
लामिछानेले गत जेठ महिनामा नक्खु कारागारमा आफुलाई सरुवा गर्न भनि निवेदन दिनुभएको थियो । अदालतले लामिछानेलाई काठमाडौँ सार्न अनुमति दिए पनि गृह मन्त्रालयले रोकेको थियो ।



