काठमाडौं । रुसले सिरियामा गरेको हवाई आक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।
उत्तर–पश्चिमी सिरियाको विद्रोहीको नियन्त्रणमा रहेको इदलिब प्रान्तमा रुसले गरेको हवाई आक्रमणमा कम्तीमा ३० जना घाइते भएका छन् । गत हप्ता सिरियाली विद्रोही समूहले रुसमा ड्रोन आक्रमण गरेपछि रुसले जवाफी हमला गरेको हो । रुसी आक्रमणलाई सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले वर्षकै ठूलो नरसंहारको संज्ञा दिएको छ ।



रुसी लडाकु जहाजले इदलिबको प्रमुख सहरमा बारम्बार मिसाइल खसालेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।



