लगातार तेस्रो दिन शेयर बजारमा हरियाली देखिएको छ । शेयर बजार परिसूचक नेप्से आज सात दशमलव २७ अंकले बढेर एक हजार नौ सय ३९ दशमलव ६१ विन्दुमा पुगेको हो । आज दुई सय ७३ वटा कम्पनीका ५९ लाख ६२ हजार कित्ता शेयर दुई अर्ब ३० करोड ५८ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै आईजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीको १० करोड २६ लाख रुपैयाँको शेयर किनबेच भएको छ । कारोबारको हिसाबले दोस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ९ करोड ६३ लाख, तेस्रोमा रहेको शिवम् सिमेन्टले ८ करोड ७० लाखको कारोबार गर्यो ।

आज उत्पादन, जलविद्युत्, होटल र बैंक समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । बीमा समूहको शेयर भने उच्च अंकले बढेको छ । सबैभन्दा धेरै दोल्ती पावर कम्पनी र बुङगोल इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । रिभर फल्स पावर कम्पनीको शेयर साढे छ प्रतिशतभन्दा धेरैले घटेको छ ।आज ९३ कम्पनी नाफा कमाएका छन । १ सय १४ कम्पनीका लगानीकर्ताले गुमाएका छन भने १३ कम्पनी स्थिर रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय