केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको जनजीवन अस्तव्यस्त तथा यातायात सेवा अवरुद्ध बनेको छ । बाढीपहिरोले कैलाली र डडेलधुरामा बढी नै क्षति भएको जनाइएको छ । तराई पहाड जोड्ने भीमदत्त राजमार्ग पहिरोले अवरुद्ध हुँदा तराईका कैलाली र कञ्चनपुरसँगको पहाडी क्षेत्रका सात वटा जिल्लाको यातायात सम्पर्क विच्छेद भएको छ ।

कैलालीमा बाढी तथा डुबान र डडेलधुरामा पहिरो र बाढीले क्षति पु–याएको छ । डुबानका कारण कैलालीमा करिब दुई सय परिवार विस्थापित भएका छन् । विभिन्न नदीमा आएको बाढीका कारण घरबस्ती डुबानमा परेपछि प्रभावितलाई सुरक्षित स्थानमा सारिएको छ । तीन दिनदेखिको लगातारको वर्षाका कारण कैलाली जिल्लाको दक्षिण क्षेत्र जलमग्न बनेको छ ।

स्थानीय मोहना, कान्द्रा, काँढा, खुटिया, पथरैयालगायतका नदीमा पानीको बहाव बढेको छ। बाढीका कारण भजनी नगरपालिकासहित दक्षिणी क्षेत्रका करिब २०० देखि २५० परिवार विस्थापित भएीका हुन । नगरपालिकाको नौ वटै वडामा डुबान भए पनि वडा नम्बर २, ३, ५, ७ र ८ पूरै जलमग्न रहेको जनाइएको छ । यसैविच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग छिटो सञ्चालन गर्न निर्देशन दिएक छन ।

गोदावरी नगरपालिका–४ स्थित भावर क्षेत्र बुढीतोलामा खसेको पहिरोको स्थलगत अवलोकन गर्दै उनले यस्तो निर्देशन दिएका हुन । पहिरोले राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लाको यातायात ठप्प भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय