जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलास सो आदेश दिएको हो । थुनामा रहेका १८ जनामध्ये एक जनालाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

त्यसै गरि अन्यसंग केशव तुलाधर,साधारण तारेखमा रिहा भएकाछन भने शिवजी भट्ट–३ लाख ३० हजार,रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार,कलाधर देउजा –१५ लाख,घमन कुमार कार्की– ७ लाख ५० हजार,गोपाल कार्की –७ लाख ५० हजार, विनोद पौडेल– १५ लाख,योगराज पौडेल– ७ लाख ५० हजार, नारायणराज मिश्र –७ लाख ५० हजार, अरुण कुमार श्रेष्ठ –७ लाख ५०, ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार, बाबुराजा महर्जन– १ लख १० हजार,देवनारायण महर्जन – १ लाख १०,सकलानन्द महर्जन– १ लाख १० हजार ,सञ्जय कुमार महर्जन– १ लाख १० हजार, लोकरि घिमिरे –७ लाख ५० हजार धरौटी माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय