सर्लाही प्रहरीले लालबन्दीबाट १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले सोमबार बिहान लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश्चिम लोकमार्गको ट्राफिक प्रहरी पोष्ट अगाडिबाट लागुऔषध गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०९ एम ३७६६ नम्बरको कार शंका लागेर जाँच गर्ने क्रममा डिक्कीबाट २३ पोका गाँजा फेला परेको थियो।गाँजा ओसारपसारमा संलग्न भएको आरोपमा भारत सितामढीका २६ वर्षीय दीपक कुमार महतो र २५ वर्षीय अमन कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। पक्राउ परेकामाथि हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।






