काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेकबाट नेपाल सरकार पछाडि नहटेको बताउनएका छन् । लिपुलेक नेपालकै भूमि भएको उनले बताए । प्रेस चौतारी नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्र्रवक्ता गुरुङले नेपालको भूमि भारतले उपयोग गर्दै आएको स्विकार गरे । लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको स्वामित्वमा रहेको ठाउँ भएको तथ्य प्रमाण रहेको बताउँदै उनले यो विषयलाई कूटनीतिक माध्यमबाट समाधान गरिने बताए । दुई देशको व्यापारको नाउँमा करिडोर, सडक बनाउन पाउँदैन ।

भारतसंग लडाई गरेर भूमि फिर्त गर्ने वारेमा नेपालले कप्पनै नगरेको गुरुङले ब ताए । यो विषय दुई देशको डिप्लोमेटिक चरणमा पुग्यो । अब डिप्लोमेटिक डायलगको माध्यमबाट समस्या समाधान गर्ने हो । नेपालको निषेधित क्षेत्रभित्र व्यापारका लागि करिडोर बनाउने कुरा नेपालको चासोको विषय भएको उनले बताए ।अर्काे  प्रसंगमा बोल्दै गुरुङले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने विषयमा सत्ता गठबन्धनभित्र कुनै सहमति नभएको दावी गरे । बाहिर आएको विषयमा कुनै सत्यता छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा हुँदा राना उपसभामुख बनेको तर अहिले परिस्थिति फेरिएको गुरुङले उल्लेख गरे । उपसभामुख हटाउने चर्चालाई लिएर अनावश्यक हल्ला नगर्न पनि उनले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय