बिगत ५ बर्ष पहिले बबईको पानीलाई बासगढी नगरपालिका वडा न १ चेपाङ्ग बस्ती ववइका किसानहरुलाई सिचाइका लागी भनि सन्चालनमा ल्याइएको लिफ्ट सिचाई एक दिन मात्रै सन्चालनमा आएर अलपत्र अबस्थमा रहेको छ ।बबई चेपाङ बस्तीका झन्डै २ सय बढि किसानलाई सिचाई सुबिधा दिने उदेश्यले एक करोडको लागीमा सन्चालन गरिएको बबई लिफ्ट सिचाइ आयोजना १ दिन मात्रै सन्चालनमा आएर बन्द अबस्थमा रहेको छ ।

बिगत पाच बर्ष पहिले भेरी बबई बहुउदेश्यीय आयोजनाले चेपाङ बस्तीका किसानलाई सिचाइ सुबिधा दिने गरि सन्चालनमा ल्याएको आयोजना हाल बन्द अबस्थमा रहेको हो ।लिफ्ट सिचाई आयोजनालाई सरोकारवाला निकायले ध्यान नदिदा किसानहरुको खेतबारी बाझो अबस्थामा रहेका छन । भने आकासे पानीको भरमा लगाइएका बाली समेत सुक्दै गएका छन ।

सोलार सिस्टमबाट सन्चालन गर्ने भनिएको लिफ्ट सिचाई आयोजना संचालनमा आउनु नसक्दा किसानहरुलाई निकै सास्ती भोग्नु परेको बबई चेपाङ बस्तीका किसान यमलाल ढकाल बताउछन । उनले ठुलो रकम खर्च गरेर संचालनामा ल्याइएको आयोजना सम्बन्धित पक्षले ध्यान दिन नसकेपछि अलपत्र अबस्थामा रहेको बताए ।सोलार छ तर पानी तान्को लागी होइन हामीलाई हेर्नको लागी मात्रै भएको छ  बस्तीको नजिकै पानी छ तर लिफ्ट सिचाई संचालन नहुदा पानी खेतबारीमा ल्याउन समस्या भएको बाँसगढी नगरपालि का वडा न १ बबई चेपाङ बस्तीका किसान धन बहादुर सुनारले बताए ।

पाँच बर्ष पहिले समिती बनाइएर लिफ्ट सिचाईलाई दु्रत गतिमा सन्चालन गर्ने उदेश्यले राखे पनि समितीले काम गर्न अन्य निकाय सग समन्वय गर्न नसकेको बासगढी नगरपालिका वडा न १ का किसान इश्वर प्रसाद उपाध्यायले बताए ।आयोजना संचालन गर्नु ठुलो कुरा होइन तर आयोजना सन्चालन पछि दिगोपन र निरन्तरताको लागी सम्बन्धीत पक्षले ध्यान दिनु जरुरी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय