काठमाडौं । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्युभएको छ । भक्तपुरबाट काठमाडौं आउँदै गरेको ना.७ ख ९२६६ नम्बरको डिजेल बोकेको ट्याङकर र भक्तपुरतर्फ नै जाँदै गरेको बा. २३ प ९२३४ नम्बरको मोटरसाइकललाई लोकन्थली चोकमा ठक्कर दिँदा मोटरसाइकलको पछाडी बस्ने ३२ वर्षीया स्वस्तिका ऐर बडालको मृत्युभएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक दार्चुलाको नौगाड गाउँपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएका ३४ वर्षीय करणसिंह बडाल गम्भीर घाइते भएका छन् । उहाँको कौसलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले ट्याङकरका चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेखगञ्जका २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएको र मृतक मोटरसाइकल चालक करणसिंह बडालको श्रीमती रहेको प्रहरी वृत्त थिमिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय