काठमाडौं । चन्द्रागिरि नगरपालिका भित्र बढ्दै गएको लागुऔषध प्रयोग, चोरी, झै–झगडा जस्ता अवाञ्छित घटना बढ्न थालेपछि सम्बन्धित निकायको ध्यानाकर्षण भएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–४ ले आज एक सूचना जारी गर्दै वडा भित्र त्यस्ता अवाञ्छित घटना भइरहेको र त्यस्ता क्रियाकलाप रोक्न वडाबासीलाई सजग रहन आग्रह गरेको छ ।



सूचनामा वडाबासीहरुको यस घटनामा वडामा ब्यापक गुनासो आएकोले आपराधिक क्रियाकलाप रोक्न र त्यस्ता घटना सम्बन्धमा सही पहिचान गरी कानूनी दायरामा ल्याई वडामा शान्ती सुरक्षा तथा अमन चयन कायम गर्ने उद्देश्य वडाबासीलाई सक्दो सहयोग गर्न पनि अपिल गरिएको छ । वडाले आफ्नो घर, जग्गा, सटर, कोठा भाडामा दिंदा घरधनी र बहालमा बस्ने व्यक्तिसँग अनिवार्य रुपमा जग्गा÷घर सम्झौता गरी उक्त सम्झौता पत्र वडा कार्यालयबाट प्रमाणित गर्नु÷गराउनु हुन र नगरपालिकाले तोके बमोजिमको न्यूनतम भाडाअनुसार बहाल लिने, जग्गा÷घरले नियमानुसार वडा कार्यालयमा बहालकर बुझाउनु हुन पनि अनुरोध गरेको छ ।
वडाले सूचना अवज्ञा गरी आफु खुशी गरेमा घरधनीलाई आईपर्ने समस्या (बन्द कोठा खोल्ने, कोठा खाली गर्ने, बहाल असुललगायत अन्य घटनामा साक्षी बस्ने आदी) उपर जनप्रतिनिधि रोहवरमा बस्न बाध्य नहुने तथा जवाफ देही नहुने भन्दै वडा समितिको २०८२ मंसिर २४ गते निर्णय गरेको समेत जानकारी गराएको छ ।




