वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको गएराति निधन भएको छ । उनको गएराति साढे १२ बजे ७७ वर्षको उमेरमा काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको आजै अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । भर्खरै मात्रै उनलाई गंकी बसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपाः’ प्रदान गरिएको थियो ।

बैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् । नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन् । यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन् । बैद्यले करिब १५ बर्षको उमर देखिनै गायन सुरु गरेका थिए ।

वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि लोकसेवा परीक्षामा प्रथम भएका योगेश करिब ३३ वर्ष सरकारी सेवामा संलग्न रहे । योगेशले २०६१ सालमा सहसचिव पदबाट अवकाश लिएका थिए । २००३ साल नागपंचमीका दिन काठमान्डौको नरदेविमा जन्मेका बैद्यका दुई छोरी र एक छोरा छन् ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय