नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार केही समयमा आफै ढल्ने दाबी गरेका छन् । डडेल्धुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकार चाँडै ढल्ने दाबी गरेका हुन् । अहिले नै हल्लिरहेको सरकार एमालेले ढाल्न नपर्ने आफै ढल्ने भन्दै अध्यक्ष ओलीले नेपाली काँग्रेस प्रचण्ड पथको भरिया बनेर हिँडिरहेको आरोप समेत लगाए ।

अध्यक्ष ओलीले नेपाली जनताका बीचमा द्वन्द्व मच्याउन खोज्नेहरुले सक्रिय भएर आतंककारी गतिविधि गरिरहेको आरोप समेत लगाए । गठबन्धनका नेताहरु सत्ता स्वार्थ, सरकार जोगाउने, मन्त्री जोगाउने, कसरी मन्त्री हुने, कसले बढी कमाउने, कसले बढी आफन्त पोस्ने धन्दामा लागिरहेको अध्यक्ष ओलीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय