काठमाडौं । गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको तथा रिलेबलिङ गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा व्यापारिक फर्ममाथि कारबाही गरेको छ । विभागले श्रीराम टोबाको उद्योग प्रालिलाई ३ लाख र एसवीएल प्रोफेसनल प्रालिलाई २ लाख ५ हजार बराबरको जरिवाना गरेको छ । श्रीराम टोबाको र एसवीएल प्रोफेसनलले अधिकतम खुद्रा मूल्य नराखी बिक्री वितरण गरेको पाइएपछि विभागले कारवाही गरेको हो ।

विभागले उपलब्ध गराएको विवरण अनुसार सात वटा फर्मलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

यस्तै काठमाडौं र ललितपुरका पाँच वटा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर ३ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिमआवश्यक निर्देशन एवम् कारबाही गरिएको जनाएको छ । विभागले असार ३१ गते ९, ३० गते पनि समान ९ वटा फर्मलाई कारबाहीको दायरामा ल्याएको थियो । केहीलाई सामान्य निर्देशन दिइएको छ

साथै असार २९ गते ९, असार २७ गते ५,असार २६ गते १६, असार २५ गते ११ वटा फर्ममा अनुमगन गरी आवश्यक कारबाही गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय