काठमाडौं । विश्व वातावरण दिवसको अवसर पारेर चन्द्रागिरि हिल्सले बृक्षारोपण कार्यक्रम गरेको छ । सव डिभिजन कार्यालय थानकोट, चार वटा सामुदायिक वन र चन्द्रागिरि हिल्सको संयुक्त आयोजनामा बृक्षारोपण कार्यक्रम गरिएको हो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ स्थित चुनदेवी मन्दिर परिसर अगाडी सडक किनारामा विभिन्न १४० प्रजातिका रुख बृक्षारोपण गरिएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले वातावरण दिवसको अवसरमा चन्द्रागिरि हिल्सले पर्यावरणलाई सुरक्षा गर्दै, पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै हरियाली शौन्दर्यता कायम गर्न मद्दत पुर्याएको बताउनु भयो । उहाँले आधुनिक जीवन शैलीले गर्दा अहिले वन उपयोग गर्नेको क्रम घट्दै गएको भन्दै आर्यआर्जनमा जोडिन ध्यान दिन सुझाव दिनुभयो । उहाँले पहिलाको जस्तो जुनपायो त्यही विरुवा नरोपी अबका दिनमा तत्काल फाइदा नसोची दीर्घकालिन रुपमा फाइदा हुने नगदे रुख विरुवा रोप्न र सडक छेउछाउमा विभिन्न फुलका रुख रोप्न पनि आग्रह गर्नुभयो ।

चन्द्रागिरि नगरपालिकाका प्रवक्ता तथा वडा ४ का वडा अध्यक्ष कृष्णप्रसाद खड्गीले विरुवा रोप्दैमा केही नहुने त्यसलाई जोगाउन मुख्य चुनौति रहेको बताउनु भयो । उहाँले रोपिएका विरुवा जोगाउन त्यसले, उसले गर्छ नभनी हामी सबैको दायित्व भएको उल्लेख गर्नुभयो । खड्गीले नगरपालिकाले अबका दिनमा वन जंगलको माध्यमबाट यूवालाई पर्यटनसँग जोड्दै यहाँका बासिन्दाको आयआर्जनको बाटो बनाउनको लागि नीजि कम्पनीहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।

इलाका वन कार्यालय थानकोटका प्रमुख विन्दु सुवेदीले वातावरण स्वस्च्छ राख्न प्लाष्टिकजन्य बस्तु कम प्रयोग गर्न सुझाव दिनुभयो । उहाँले दिवस मनाइँदै गर्दा वातावरणलाई पहिलो प्राथमिकतामा राख्दै पर्यापर्यटनलाई प्रवर्धन गर्न आग्रह गर्नुभयो । उहाँले चन्द्रागिरि नगरपालिका र इलाका वन कार्यालयबीच प्लाष्टिक न्यूनिकरणको लागि सहकार्य गरेर अघि बढ्न सके वातावरण दिवस अझै शान्दर्भिक हुने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय