वनप्लस मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता क्रेटस टेक्नोलोजीज र स्मार्ट टकले तीनवटा मोडल नेपालमा लञ्च गरेको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै क्रेटस, स्मार्ट टक र वानप्लस मुख्यालयका नेपाल प्रतिनिधि सन याङले संयुक्त रुपमा नर्ड एन थर्टी एसई, टुवेल्भ र टुवेल्भ आर सार्वजनिक गरेका हुन् ।नेपालमा पहिलो पटक भित्रिएको टुवेल्भ आर सिरिजले सूचना प्रविधिको क्षेत्रमा गर्ने, गेमर्स र फोटोग्राफरलाई लक्षित गरेर बनाइएको छ ।
यो मोडलमा टुके भिडियो क्वालिटीमा भिडियो खिच्न सकिनेछ । यस्तै वाएरलेस चार्जरको सुविधा रहेको यो फोनमा १६ जीबी रोम र ५१२ जीबी र्यामको सुविधा राखिएको छ । ५४ सय एमएचक्षमताको ब्याट्रि भएको यो फोनको मूल्य एक लाख ३९ हजार ९ सय ९९ कायमगरिएको नेपालवितरकले जनाएको छ । यस्तै टुवेल्भ सिरिजकै अर्को फोन टुवेल्भ आरलाई पनि उत्कृष्ट फोन दाबी गरिएको छ । बिगर, लाउडर, फास्टर नारा दिइएको नर्ड थर्टी एसई बजेट फोन हो ।






