काठमाडौं । बाराको कलैया उपमहानगरपालिका १० मटिअर्वा टोलमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय बच्चा मियाँले २३ बर्षीया श्रीमती सहिना खातुनको टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
हत्या गर्ने श्रीमान् बच्चा मियाँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।






