काठमाडौं । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरुको स्वास्थ्य र सुविधालाई लक्षित गर्दै विद्यालयमा स्वचलित ‘सेनेटरी प्याड’ वितरण मेसिन जडान गर्न थालेको छ । महिनावारीको समयमा छात्रालाई सहजता र आत्मविश्वासका साथ विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले मेसिन जडान गरिएको हो ।

गाउँपालिकाले हालसम्म १२ वटा सामुदायिक विद्यालयमध्ये ९ वटा विद्यालयमा मेसिन जडान गरिसकेको र बाँकी विद्यालयमा चाँडै जडान गरिने जनाएको छ । गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले गाउँपालिकाले पहिलो चरणमा ७ वटा माध्यमिक विद्यालय र ५ वटा आधारभूत विद्यालयमा यस्तो मेसिन जडान गर्न लागिएको बताउनु भयो । मेसिनमार्फत कार्ड प्रणालीको प्रयोग गरी छात्राले आवश्यक सेनेटरी प्याड विद्यालयमा नै लिन सक्नेछन् । उहाँले महिनावारीको समयमा छात्राको विद्यालयमा उपस्थिति दर घट्ने समस्या समाधानका लागि यो योजना बढी प्रभावकारी हुने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय