काठमाडौं । कोशी प्रदेशमा ४६ जनाको ज्यान जाने विपद्को समयमा काठमाडौंमा रहेका मुख्मन्त्री हिक्मतकुमार कार्की विपद्को प्रभाब कम भएपछि नेपाली सेनाको हेलिकप्टरबाट इलाम पुग्नुभएको छ । वर्षा रोकिएर बाढी र पहिरो कम भएपछि मंगलबार मुख्यमन्त्री कार्की प्रदेश सरकारको राहत सामग्रीसहित नेपाली सेनाको हेलिकप्टरबाट इलाम पुग्नुभएको हो ।
गत शुक्रबार र शनिबारको भिषण वर्षाले केशी प्रदेशमा बाढी, पहिरो र अन्य दुर्घटनामा परी ४६ जनाले ज्यान गुमाएका थिए भने इलाममा मात्र ३८ जनाको ज्यान गएको थियो । प्रदेश सरकारले दैनिक उपभोग्य खाद्य सामग्रीहरु चामल, दाल, आलु तेल, नुन बेसार तथा ब्ल्याङ्केट, सिरानी, म्याट्रेस, त्रिपालहरु पठाएको जनाएको छ ।



इलामको माङ्सेबुङका पीडितको लागि पहिलो चरणमा त्रिपाल ५ थान, चामल १० बोरा, म्याट्रेस ४६ थान, ५० केजी दाल ५० केजी, आलु ५० केजी, तेल २० लिटर र १० प्याकेट बेसार पठाएको प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् महाशाखाले जनाएको छ ।



