काठमाडौं – नेपाल प्रिमियर लिग (NPL) मा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा विराटनगर किङ्सले ब्रेक लगाएको छ। टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेट गुमाएर १४७ रन बनायो। सुदूरपश्चिमका लागि आरिफ शेख अविजित ४५ रनको सर्वाधिक योगदानकर्ता बने भने इसान पाण्डे ३८, क्रिश ब्रोन २४, कप्तान दीपेन्द्र सिंह ऐरी १९ र बिनोद भण्डारी १५ रनमा आउट भए।

विराटनगरले ११.५ ओभरमा चार विकेट गुमाएर १४८ रन बनाउँदै लक्ष्य पूरा गर्यो। ओपनर फाफ डु फ्लेसिस र साम हेजलेटले क्रमशः ५० र ५१ रनको उत्कृष्ट साझेदारी गरे। मार्टिन गुप्टिल २२ र बसिर अहमद ८ रनमा आउट भए भने प्रतिश जिसि १३ र लोकेश बम ३ रनमा अविजित रहे।

सुदूरपश्चिमका लागि अविनास बोहरा दुई विकेट लिए भने हर्मित सिंह र समानले एक–एक विकेट लिए। विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए, प्रतिश जीसीले दुई र बसिर अहमदले एक विकेट लिए।

यस जीतसँगै विराटनगरले प्लेअफ दौडमा महत्वपूर्ण अंक हासिल गरेको छ, जबकि सुदूरपश्चिमको अपराजित यात्रा रोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय