मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारीे गरेको छ । प्रदेशको नाम कोशी प्रदेश राखिएसँगै विरोधमा पहिचानवादीले सुरु गरेको आन्दोलनलाई मत्थर बनाउन विराटनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

प्रदेश सभा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३ सय मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म निषेध गरिएको छ ।

निषेधाज्ञा उल्लंघन गरिएमा कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय मोरङले चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय