विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख तथा नेपाल सरकारका उपसचिव मिक्मार तामाङ पक्राउ परेका छन्। दोलखाको भीमेश्वर नगरपालिका–९ निवासी तामाङ साउन ३ गते बुद्ध एयरको विमानमार्फत विराटनगरबाट काठमाडौं जान लागेका बेला विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार तामाङको झोलाबाट एक हजार दरका ५१५ थान र पाँच सय दरका ३०० थान नोट गरी कुल ६ लाख ६५ हजार रुपैयाँ बरामद भएको थियो। रकमको स्रोतबारे सोधपुछ गर्दा उनले सन्तोषजनक विवरण दिन नसकेपछि प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको हो।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। बरामद नगदको स्रोत खुल्न नसकेकाले थप अनुसन्धान भइरहेको र आवश्यक प्रमाण संकलनपछि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय