काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिदेशीय एकदिवसीय शृंखलामा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार खेल दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

लिग तालिकाको पाँचौँ स्थानमा रहेको नेपालका लागि शीर्ष चारमा पुग्ने लक्ष्यलाई जीवित राख्न यो खेल अत्यन्त महत्वपूर्ण छ । घरेलु मैदानमा पछिल्ला उत्कृष्ट प्रदर्शनबाट आत्मविश्वास बढाएको नेपाली टोली त्यही लयलाई निरन्तरता दिने लक्ष्यसहित मैदान उत्रनेछ ।

कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको टोलीमा दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, करण केसी, सोमपाल कामीलगायत अनुभवी खेलाडी छन् । बाँकी खेलमा सकारात्मक नतिजा निकाल्न सके नेपालले विश्वकप ग्लोबल क्वालिफायरको सम्भावनालाई थप बलियो बनाउन सक्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय