काठमाडौं । टुटलका संस्थापक शिक्षित भट्ट काठमाडौंबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शेयर राइडिङ् कम्पनीका संस्थापक भट्टलाई आपराधिक विश्वासघातको कसुरमा शुक्रबार पक्राउ गरिएको हो ।

कम्पनीको प्रतिलिपि अधिकारको विवादबारे उजुरी आएकाले भट्टलाई नियन्त्रणमा लिइएको परिसरले जनाएको छ । कम्पनी दर्ताका लागि दुई–तीन जनाले रकम उठाए पनि भट्टले एकलौटी दर्ता गरेको भनि प्रहरीमा उजुरी परेपछि भट्टलाई नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय