काठमाडौं । आज विश्व क्यान्सर दिवस । ‘बढ्दै छ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
विश्व क्यान्सर दिवस हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन मनाइँदै आएको छ । नेपालमा वर्सेनी क्यान्सरका बिरामीबाट २० हजारले ज्यान गुमाइरहेका छन् । विश्व स्वास्थ्य संगठनले खानपान मात्र ध्यान पुर्याउन सके ४० प्रतिशतले क्यान्सरको जोखिमबाट बच्न सकिने बताएको छ । बढ्दै गएको वातावरण प्रदूषण, बदलिँदो जीवनशैली, वंशानुगत, सुर्तीजन्य पदार्थको सेवन र खानपानमा ध्यान नदिंदा वर्षेनी नेपालमा क्यान्सर रोगका विरामी बढ्दै गएको छ ।



नेपालमा क्यान्सरका विरामी यति नै छ भन्ने तथ्यांक भेटिदैन । वर्षेनी २८ हजार जनामा क्यान्सर रोग देखिने अनुमान गरिएको छ ।



