काठमाडौं । देशका विभिन्न भागमा अहिले वर्षा भइरहेको छ । बागमती, गण्डकी, कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ
जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।



राति देशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।



