प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन गर्ने शक्तिले संविधान संशोधन गर्न नदिएको आरोप लगाएका छन् । शुक्रबार पर्साको वीरगञ्जमा आयोजित प्रदेशस्तरीय समाजवादी मोर्चा घोषणा कार्यक्रममा अध्यक्ष दाहालले दोस्रोपटक प्रधानमन्त्री बनेको बेला संविधान संशोधन प्रस्ताव ल्याए पनि संविधान च्यात्न खोज्ने र संसद विघटन गर्ने शक्तिले रोकेको आरोप लगाएका हुन् । उनले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन गरेका शक्तिहरू सरकार र मोर्चामा रहेकाले देशको आमुल परिवर्तन सम्भव रहेको जिकिरसमेत गरे । उनले समाजवादी मोर्चालाई गाउँगाउँसम्म पु¥याउन आग्रह पनि गरे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधानमाथि भइरहेको षड्यन्त्रलाई रोक्न समाजवादी मोर्चा गठन गरिएको दाबी गरे ।कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको प्रणाली ठीक नरहेको भन्दै आमूल परिवर्तनको खाँचो रहेको बताए ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले साम्राज्यवादी शक्तिहरु विरुद्ध लड्न पनि मोर्चा आवश्यक रहेको बताए ।नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित मोर्चाले पहिलोपटक मधेश प्रदेशको वीरगञ्जमा सभा गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय