चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै ८ अर्ब ६८ करोड रुपैयाँ बराबरको २२ करोड ६४ लाख ८ हजार २ सय २९ किलोग्राम धान आयात भएको छ ।
गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले बृद्धि भएको हो ।



गत आवको सोही अवधिमा वीरगञ्ज नाका हुँदै ४ अर्ब ९१ करोड मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार चार सय १६ किलोग्राम धान आयात गरिएको थियो ।
कृषिप्रधान देश नेपालमा धान मात्र नभएर चामललगायत अन्य खाद्यान्न विदेशी मुलुकबाट आयात हुँदै आइरहेको छ ।



