काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डिराज दाहाललाई एक लाखभन्दा बढी घुससहित नियन्त्रणमा लिएको छ ।
लेखा अधिकृत दाहालले विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकमबापत घुसका रूपमा लिएको एक लाख २० हजार ५ सय ८० कार्यकक्षमा लुकाइराखेको भन्ने सूचना एवम् उजुरीका आधारमा आयोगको टोलीले आज नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलीले दाहालको कार्यकक्षबाट घुस वापतको रकम, मोबाईल एक थान र अन्य सम्बन्धित कागजपत्र नियन्त्रणमा लिएको छ । उक्त विषयमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय