१९ फागुन, काठमाडौं – आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका लागि वीर अस्पतालले स्वास्थ्य आपतकालीन अवस्थाहरूको सामना गर्न विशेषज्ञ चिकित्सकसहित २६ सदस्यीय ‘र्यापिड रेस्पोन्स टिम’ (आरआरटी) गठन गरेको छ। अस्पतालका अनुसार, टोली आकस्मिक अवस्था, झडप वा अन्य स्वास्थ्य समस्या भएमा तत्काल उपचार र व्यवस्थापनको लागि सक्रिय रहनेछ। टोलीको संयोजन आकस्मिक विभाग प्रमुख डा. सुरेशप्रसाद नेपाल ले गर्नेछन् र सम्पूर्ण निर्वाचन अवधिभर ‘हाइ अलर्ट’मा रहनेछ।
टोलीमा आकस्मिक, शल्यचिकित्सा, मेडिसिन लगायतका विभागका विशेषज्ञ चिकित्सक, नर्सिङ प्रशासक र औषधि व्यवस्थापन प्रमुखहरू समावेश छन्। प्रमुख सदस्यहरूमा डा. मीनचन्द्र अधिकारी, डा. विनोद शेरचन, डा. अनिप जोशी, डा. सुधांशु केसी र डा. ऋतु प्रधान रहेका छन्।



त्यस्तै, टोलीमा डा. रविनबहादुर बस्नेत, डा. अनिता जिसी, डा. प्रमोदकुमार कोइराला, डा. अपार लामिछाने, डा. अनिल बराल, डा. शरद पोखरेल, डा. प्रज्वल श्रेष्ठ, डा. राजीव झा, डा. समिर पौडेल, डा. दिनेश चापागाईँ, डा. लिसा गौचन, डा. लता गौतम, डा. अजित खनाल, डा. विवेक आचार्य, डा. विकासविक्रम अधिकारी, डा. सुनिलराम कोइराला र डा. आरती कारखेती समावेश छन्।
प्रशासनिक र औषधि व्यवस्थापनतर्फ नर्सिङ प्रशासक संगिता श्रेष्ठ र फार्मेसी प्रमुख मानबहादुर महरा सहभागी छन् भने सदस्य सचिवको जिम्मेवारी नरेन्द्र खनाल ले सम्हाल्नेछन्। अस्पतालले जनाएको छ कि निर्वाचन अवधिभर आपतकालीन बिरामीहरूको उपचारमा टोलीले नेतृत्व दिनेछ र आवश्यक जनशक्ति, औषधि तथा उपकरणको पर्याप्त व्यवस्था गरिएको छ।



