काठमाडौं । वुमन्स डे कप नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली युगान्डासँग खेल्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समयअनुसार दिउँसो पौने १ बजे खेल सुरु हुनेछ ।
शनिबार नामिबियासँग भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । आज हुने युगान्डासँगको खेलमा नेपाल जितको खोजिमा हुनेछ । युगान्डा हङकङलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।






