काठमाडौं । नेपालले वेस्टइन्डिज ए लाई ४ विकेटले पराजित गरेको छ । कप्तान रोहित पौडेलको शतकमा नेपालले वेस्टइन्डिज ए विरुद्ध रोमाञ्चक जीत निकालेको हो ।

२ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ४ ओभरमा ६ विकेट गुमाउँदै तारकेट पूरा गर्यो ।

रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित १ सय १२ रनको शतकीय इनिङ खेले ।

ओपनर अनिल शाह ५, कुशल मल्ल र कुशल भुर्तेल १६–१६ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १८ बलमा २ चौका र १ छक्कासहित २४ र विवेक यादव ७ रनमा आउट भए । ओबेद म्याककोयले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । किमो पलले १ विकेट लिदा म्याथ्यु फर्ड २ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय